शिक्षा

अर्जुनधाराको महारानीगञ्ज माविद्वारा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

By admin

December 02, 2021

शनिश्चरे । झापाको अर्जुनधारा ११ मा रहेको महारानीगञ्ज माविले गत आर्थिक वर्ष ०७७÷०७८ तथा शैक्षिक वर्ष २०७७ को सामाजिक परीक्षण प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ ।

 

विद्यालयले प्रत्येक वर्ष विद्यार्थीका अभिभावकलाई बोलाएर प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । अर्जुनधारा नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय छन् तर महारानीगञ्ज माविले मात्र अभिभावक बोलाएर प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

 

सामाजिक परीक्षण समितिका संयोजक रेशमलाल चौधरीको अध्यक्षता र प्रदेश नं १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय सामाजिक परीक्षण समितिका सदस्य चन्द्र सुवेदीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रतिवेदनमा एक करोड आठ लाख १४ हजार पाँच सय ३६ रुपैयाँ ५१ पैसा बराबरको आम्दानी खर्च विवरण उल्लेख गरिएको छ । जसमा आम्दानी विवरणतर्फ सरकारी अनुदानबाट ९२ लाख ७३ हजार नौ सय ९४ पैसा ६० पैसा, बैंक मौज्दात चार लाख ९० हजार नौ सय ११ रुपैयाँ २५ पैसा, दायित्व भुक्तान गर्नुपर्ने चार करोड ८७ लाख एक सय १८ रुपैयाँ ६६ पैसा, आन्तरिक स्रोतबाट तीन लाख ६४ हजार पाँच सय ८७ रुपैयाँ र अन्य आम्दानीबाट एक लाख ९७ हजार नौ सय २५ रुपैयाँ उल्लेख गरिएको छ ।

 

 

विद्यालय लेखापरीक्षण उपसमितिका संयोजक सूर्यप्रसाद सापकोटाले उक्त प्रतिवेदनबारे प्रष्ट पारेका थिए ।

 

 

कार्यक्रममा अर्जुनधारा ११ वडा समितिका अध्यक्ष भैरवबहादुर खड्का, विद्यालय व्यवस्थापन उपसमितिका अध्यक्ष रोहितमान ढकालले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले गरेका थिए ।