विचार

कविताः ‘नेता चाहिएको छ’

By admin

December 04, 2021

हो, हामीलाई एउटा राम्रो नेता चाहिएको छ पार्टीको होइन हामीलाई हाम्रो नेता चाहिएको छ। देश बिदेशबाट आइ तिमीलाई भोट दिन्छौ भोटको लाज राख्ने काम्रो नेता चाहिएको छ।

 

 

 

पार्टीभित्र गुट अनि आफैंमा सुहाउँदो सुट मात्रै बनाउने होइन गाउँ, समाज, शहर अनि देश बनाउने नेता चाहिएको छ। पार्टी फुटाएर टुक्रा पारी आफू आफैँ ठूलो बन्ने होइन समाजलाई एउटै शूत्रमा जोड्ने राम्रो नेता चाहिएको छ।

 

 

 

चुनावमा घरघर पुगी हात जोर्दै झुठो आश्वासन दिने होइन सच्चा देशभक्त एउटा कर्मठ नेता चाहिएको छ। भाषणमा मीठो सपना देखाइ शासनमा आसन मात्रै गर्ने होइन

चौतर्फी शान्तिको आभाष दिलाउने हाम्रो नेता चाहिएको छ।

 

 

 

नाङ्गो गोडाले चुनाव जितेर अलिशान बङ्गला बनाउने भेटिए ठुल्ठुला घोटाला रचेर देश कंगाल बनाउने देखिए। सालो साली श्रीमतीलाई देशकै नामी बनाउने पनि भेटिए तर, जनता र देशलाई समेट्ने दामी नेता चाहिएको छ।

 

 

 

पदको होडबाजी गर्दै देशमा कयौं अप्ठ्यारा निम्याउने आए छिमेकी राष्ट्रलाई टाउकोमा बोकेर काँधमा बिस्ट्याउने बनाए। अझै केही नबुझेझैँ गर्दै सत्ता आलो पालो गर्दै मोटाउने भेटिए तर, अप्ठ्यारासँग जुँध्ने निडर अनि काम्रो नेता चाहिएको छ।

 

 

 

 

देशलाई कहिले स्विट्जरल्याण्ड त कहिले अमेरिका बनाए तर, देशलाई सुन्दर, शान्त नेपाल नै बनाउने नेता चाहिएको छ। भुइचालो बाढी पहिरोमा जनता मर्दा बेखबर बस्ने चाम्रो होइन जनताले बुझाएको करको मर्यादा राख्ने राम्रो नेता चाहिएको छ।