खेलकुद

‘युएच्या २०२१’ मा सहभागी अर्जुनधाराका खेलाडी काठमाडौँ प्रस्थान

By admin

December 05, 2021

शनिश्चरे । एथलेटिक्स परिवार नेपालको आयोजनामा मंसीर २० र २१ गते काठमाण्डौंको दशरथ रंगशालामा हुने युथ एथलेटिक्स च्याम्पियनसीप ‘युएच्या २०२१’ मा सहभागी हुन अर्जुनधाराका खेलाडी काठमाण्डौं प्रस्थान गरेका छन् ।

 

प्रशिक्षक हेमनारायण चौधरीको नेतृत्वमा यू १६ र यू २० उमेर समूहका नौ महिलासहित १४ जना खेलाडीलाई शनिबार एक कार्यक्रमकाबीच विदाई गरिएको नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेले जानकारी दिए ।

 

नगरपालिकाको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा यू १६ तर्फ पुरुष १०० मिटर दौडमा प्रतिक कन्दङवा तथा महिला ६० मिटर दौडमा रुविना खतिवडा, १०० मिटर दौडमा दिव्या आचार्य र ८०० मिटर दौडमा करुणा राईले प्रतिस्पर्धा गर्ने प्रशिक्षक चौधरीले बताए ।

 

त्यसैगरी यू २० तर्फ पुरुष १०० मिटर दौडमा राजिव ढुङ्गाना, ४०० मिटर दौडमा सन्तोष दनुवार, ८०० मिटर दौडमा राजन राई, तीन हजार मिटर दौडमा बबी चौधरी र लङजम्पमा राजिव ढुङ्गानाले प्रतिस्पर्धा गर्नेछन् ।

 

त्यस्तै यू २० तर्फ महिला १०० मिटर दौडमा अञ्जली दर्जी, ४०० मिटर दौडमा टिकाकुमारी श्रेष्ठ, ८०० मिटर दौडमा मनिका घले, तीन हजार मिटर दौडमा ममता राउत, लङजम्पमा सविना चौहन र सटपुटमा कञ्चन बिमलीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

 

उनीहरुलाई नगर खेलकुद विकास समितिका संयोजक मेचे, प्रशासन शाखा प्रमुख चुँडामणी निरौला, स्वास्थ्य शाखा प्रमुख केशव रिजाल, लेखा शाखा प्रमुख विपिन लम्साल, जिन्सी शाखा प्रमुख तिवेन्द्र अधिकारी र खरिदार कृष्ण नेपाल, यान्त्रिक शाखाका सुपरभाइजर सनम राईलगायतले विदाई गरेका थिए ।

 

उदीयमान एथलेटिक्स खेलाडी उत्पादनमा सहयोग गर्दै जाने र वर्तमान खेलाडीहरुलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक एथलेटिक्स परीवारको दाबी छ ।