स्वास्थ्य

इलाम अस्पतालको समस्या समाधान गर्ने मन्त्री यादवको आश्वासन

By admin

December 06, 2021

इलाम । प्रदेश नं १ को सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गरेका छन् । अस्पतालको निरीक्षणपछि मन्त्री यादवले अस्पतालको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

 

जनशक्ति अभावका कारण इलाम अस्पतालमा केही समयअघि ल्याइएको भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । कोरोना महामारीको समयमा पनि जनशक्ति अभावको कारण भेन्टिलेटर सञ्चालनमा आउन नसकेको भन्दै मन्त्री यादवले यसतर्फ पहल गर्ने बताएका हुन् ।

 

 

मन्त्री यादवले अस्पतालमा भएको कर्मचारी अभावको पदपूर्ति गर्न पहल गर्ने पनि बताए । उनले भने, ‘कर्मचारी अभाव पदपूर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग अनुरोध गरी त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्छु ।’