अर्थ बजार

काँकरभिट्टा नाकाबाट ४ महिनामा ५ करोडको कोदो आयात

By admin

December 08, 2021

बिर्तामोड । पूर्वी नाका काँकरभिट्टाबाट ५ करोड १५ लाखको कोदो आयात भएको छ । काँकरभिट्टा नाकाबाट ०७८ को पहिलो चौमासिकमा मात्रै १६१० मेट्रिक टन कोदो आयात भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

 

विशेष गरि जाँड र ढेँडोमा प्रयोग हुने कोदो भारतबाट आयात भइरहेको छ । नेपाली उत्पादनले बजारको माग धान्न नसकेपछि व्यवसायीहरु भारतीय बजारबाट कोदो आयात गरिरहेका छन् । पहाडी जिल्लामा बाँदरबाट जोगाउन नसक्दा उत्पादनमा कमी आइरहेको छ ।

 

कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ बिज्ञ सालिकराम भट्टराईका अनुसार जिल्लामा ९५० हेक्टरमा कोदो लगाइने गरिएको छ । उनले छिटपुटबाहेक कोदो जाँड बनाउनका लागि अधिकतम प्रयोग गर्ने गरिएको जानकारी दिए ।

 

तथ्याङक अनुसार जाँडका लागि पनि नेपाल आत्मनिर्भर हुन सकेको छैन ।