समाज

इलाममा मोटरसाइकल चोरी गर्ने झापामा पक्राउ

By admin

December 09, 2021

झापा । मोटरसाइकल चोरी गर्ने थप एकजना पक्राउ परेका छन् । इलाममा मोटरसाइकल चोरी गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले झापामा पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा ईलाम पशुपति ३ बस्ने २५ वर्षीय पासाङ तामाङ रहेका छन् । मंगलबार राति इलाम रोङ गाउँपालिका ३ कुटीडाँडाका रोहित राईको नाममा रहेको मे. ९ प ५२१० नम्बरको कालो कलरको १५० सिसीको पल्सर मोरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको थियो । त्यस घटनाको खबर प्रहरी चौकी हर्कटे ईलाममार्फत जिल्ला प्रहरी कार्यालय झापालाई गरिएको थियो ।

 

चोरी भएको मोटरसाइकलको हुलियासहितको खबर मातहत प्रहरी युनिटहरुमा सर्कुलेशन गरी उक्त मोटरसाइकलको खोजतलाश गर्ने क्रममा बुधबार बिहान ९ः३० बजे बुद्धशान्ति ३ स्थित बुद्ध चोकमा पक्राउ परेका तामाङले उक्त मोटरसाइकल डोर्याईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि झापामा मोरसाइकल चोरी गर्दैगर्दा तीनजना पक्राउ परेका थिए ।