समाज

झापाको बाह्रदशीमा भेन दुर्घटना, एकको मृत्यु ५ घाइते

By admin

December 11, 2021

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका ३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारपाने राजगढ सडक खण्डमा बस र भेन आपसमा ठक्कर खाँदा सवारी दुर्घटना भएको थियो । उक्त सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे. १ च २२२६ नम्बरको भेन आपसमा जुँधेका थिए ।

 

दुर्घटनामा परी सख्त घाइते भेन चालक ३४ वर्षीय मिलन उप्रेती भनिने प्रमोदचन्द्र उप्रेतीलाई इलाका प्रहरी कार्यालय राजगढको टोलीले उद्दार गरी बिएन्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

सोही दुर्घटनामा परी बाह्रदशी १ का चार जना र कचनकवलका १ जना घाइते भएका छन् । जसमा बाह्रदशी १ की ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रञ्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल १ का १२ वर्षीय विशाल पौडेल घाइते भएका छन् ।