झापा । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित मेचीडाँडा छेउ मेची खोलाबाट लागूऔषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ दुर्गाप्रसाद फुयाल रहेका छन् । उनलाई शनिबार बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उनको साथबाट ब्राउन सुगर १५ ग्रामसहित पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।