शिक्षा

अर्जुनधारामा मानवअधिकार समूहको शिक्षामा चासो

By admin

December 12, 2021

अर्जुनधारा । मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा आइतबार शिक्षाको अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

अर्जुनधारा ८ स्थित सामुदायिक भवनमा समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

 

समूहका अध्यक्ष सुवेदीले २० वटा बुँदा उल्लेख गरिएको कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रमुख राना, अर्जुनधारा ७ का वडा समितिका अध्यक्ष नवराम ढुंगाना ‘नविन’ र नगर शिक्षा शाखाकी अधिकृत सुनिता भट्टराईले जवाफदेही वक्ताका रुपमा सहभागीहरुको जवाफ दिएका थिए ।

 

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरु दिपीन राई, रमेश समदर्शी, इन्सेक झापाका प्रतिनिधि नरेश खातीलगायतले वक्ताहरुसमक्ष जिज्ञासा राखेका थिए । इन्सेक झापाका प्रतिनिधि खातीले औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समूहका नगर संयोजक राजन साम्पाङले गरेका थिए ।