समाज

इटहरीमा भिनाजुको हत्या गर्ने सालो पक्राउ

By admin

December 15, 2021

सुनसरी । सुनसरीको ईटहरी उपमहनगरपालिका ४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ ।

 

सालोको छुरा प्रहारबाट मृत्यु हुनेमा ईटहरी ४ का ५१ वर्षीय श्रीमुरारी गिरी रहेका छन् । हिजो (मंगलबार) बेलुका साढे ४ बजे गिरीकै घरमा बस्दै आएका सालो १९ वर्षीय अर्जुन राईले गिरीको छातीमा छुरा प्रहार गरेका थिए ।

 

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको थियो । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।