समाज

जामुनखाडी सिमसारमा हात्तीको आक्रमणबाट एकको मृत्यु

By admin

December 16, 2021

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

 

जंगलमा घाँस काट्न गएका एक वृद्धलाई हात्तीले आक्रमण गरी मारेको हो । कनकाई नगरपालिका २ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका स्थानीय ७८ बर्षीय कृष्ण भुजेललाई हात्तीले आक्रमण गरी मारेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए ।

 

सोमबार दिउँसो घाँस काटन जंगल गएका भुजेल रातिसम्म पनि घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । सामुदायिक वनभित्र बुधबार दिउँसो मात्रै भुजेलको शव हात्तीले आक्रमण गरी मारेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

 

शवलाई पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।