समाज

झापाको दमकबाट ६.५ ग्राम ब्राउन सुगरसहित मुन्नी पक्राउ

By admin

December 17, 2021

झापा । झापा र मोरङको छुट्टाछुटै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

हिजो (बिहीबार) राति ७ बजे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ७ अधिकारी टोलकी ५० बर्षीया मुन्नी बेगमलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

उनको घरमा लुकाई राखेको लागुऔषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित बेगमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका बेगममाथि प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।

 

यसैगरी, हिजो दिँउसो २ बजे बिराटनगर महानगरपालिका १३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका ६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको छ ।