समाज

दमकमा हायसबाट झर्दा एक युवाको मृत्यु

By admin

December 22, 2021

बिर्तामोड । झापाको दमक नगरपालिका ४ मा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा कमल गाँउपालिका ५ का २१ वर्षीय निर्मल खवास रहेका छन् । हिजो राति साढे ९ बजे बा. ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुराइएकोमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको हो ।

 

गाडी तथा गाडी चालक धनकुटा नगरपालिका १० का २७ वर्षीय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।