समाज

मुसा पस्दा फेरि बिर्तामोड, गरामनी र चारआली विद्युतविहीन

By admin

December 22, 2021

बिर्तामोड । मुसाका कारण नेपाल विद्युत प्राधिकरणको अनारमनी सबस्टेशनमा फेरि विष्फोट भएको छ ।

 

सबस्टेशनको इनकमर वानमा मुसा पसेर विस्फोट हुँदा हिजो साँझ बिर्तामोड, गरामनी र चारआली क्षेत्र करीव ४ घण्टा विद्युतविहीन बन्यो । विष्फोट भएर साँझ ६ बजेतिर तीनवटा फिडरमा विद्युत् अवरुद्ध बनेको थियो । मर्मतपछि राति साढे १० बजेतिर मात्र विद्युत् आपूर्ति सुचारु भएको थियो ।

 

सबस्टेशनको इनकमर वानमा मुसा छिर्दा विष्फोट भएर बिर्तामोड, गरामनी र चारआली क्षेत्रमा विद्युत अवरुद्ध बनेको अनारमनी वितरण केन्द्रका प्रमुख सुधिर रायले बताए । उनले जाडो मौसमका कारण मुसा, सर्प, छेपारोजस्ता जन्तु सवस्टेशनको मेशिनमा छिर्ने गरेको बताए ।

 

यसअघि गत कात्तिक २७ गते पनि मुसाका कारण विष्फोट हुँदा ती तीनैवटा फिडरमा दिनभरि विद्युत अवरुद्ध भएको थियो । बिजुली नहुँदा उद्योग धन्दा प्रभावित भएका थिए ।