समाज

भारतीय रुपैयाँ र प्रतिबन्धित औषधिसहित पाँच पक्राउ

By admin

December 23, 2021

झापा । सशस्त्र प्रहरीले अवैध शंकास्पद भारतीय रुपैयाँ र प्रतिबन्धित औषधिसहित पाँच जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा पाँचथर फिदिम १ चौतारेडाँडा स्थायी ठेगाना भई हाल बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, फिदिम १ पल्लोटार स्थायी ठेगाना भई हाल बिर्तामोड बस्ने २४ वर्षीय विवश खवास, फिदिम १ पल्लोटार स्थायी ठेगाना भई हाल बिर्तामोड बस्ने २१ वर्षीय वीरबहादुर राई, मेचीनगर १० ढाट बस्ने २६ वर्षीय अनुप राजवंशी र सोही ठाउँका २५ वर्षीय राजा उराव रहेका छन् ।

 

बुधबार दिउँसो ३ बजे मेचीनगर नगरपालिका वडा नं ६ काली मन्दिरस्थित नेपाल–भारत सीमा स्तम्भ नं ८८/७ दशगजा सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेड क्वाटर झापा मातहत विओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित औषधि अल्प्राजोलाम पीएएजेड ५ स्ट्रिप्स (६३ चक्की), भारतीय नगद ९४ हजार ८६०, नेपाली नगद ४३० र मोवाइल एक थान बरामद भएको थियो ।

 

उक्त भारतीय रुपैयाँ र लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन् ।