खेलकुद

बुद्धशान्तिको भोटेटारमा पुस १७ देखि फुटबल हुने

By admin

December 23, 2021

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा दोस्रो भोटेटार अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

कोरोना कहरका बेला लामो समय खेल प्रतियोगिता हुन नसकिरहेको अवस्थामा बुद्धशन्तिको भोटेटारमा फुटबल हुन लागेको हो । बुधबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दै पुस १७ देखि २४ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको खेल संयोजक नन्दकुमार याम्फु (राई) ले बताए ।

 

लागुऔषध दुब्र्यसनी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले दोस्रो भोटेटार अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढ्दै गएको र रोकथाम गर्न फुटबल सहयोगी बन्ने अपेक्षा आयोजकको छ ।

 

फुटबल खेलमा उनीहरुलाई ब्यस्त राख्ने, लागुऔषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागुऔषधविरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने, विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने र नमुना आधारभूत विद्यालयमा स्थापित अक्षयकोषलाई बृद्धि गरि १ लाख रुपैयाँ बनाउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको संयोजक राईले जानकारी दिए ।

 

न्यू स्टार युथ क्लबले आयोजना गर्ने सो फुटबल प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको छ । प्रतियोगितामा झापा, मोरङ र इलामका ८ वटा क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

 

जिल्ला फुटवल संघ झापाले उक्त फुटबल आयोजना गर्न स्वीकृति दिइसकेको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ५० हजारसहित ट्रफी र उपविजेता टोलीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कमल मुखियाले जानकारी दिए ।

 

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर, फरवर्ड, सर्वाधिक गोलकर्ता लगायतलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव गजुहाङ लिम्बूले बताए ।

 

उनका अनुसार बुद्धशान्ति गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको भोटेटारको प्रचार–प्रसारसंगै फुटबल खेलको प्रवद्र्धन गर्न प्रतियोगिता सहयोगी बन्ने अपेक्षा गरिएको छ । भोटेटार खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।