समाज

झापामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

By admin

December 23, 2021

बिर्तामोड । झापाको कमल गाउँपालिका ५ मा स्कुल बसको ठक्करबाट बुधबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

बसको ठक्करबाट सुनसरी बराहक्षेत्र नगरपालिका १० का २२ वर्षीय अभिषेक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको दमक ६ मा रहेको ग्लोबल एजुकेशन एकेडेमीको को. १ क १३९१ नम्बरको बसले पश्चिमतर्फ जाँदै गरेको प्र. १-०२-०४८ प ३०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा घाइते चालक यादव र मोटरसाइकलको पछाडि सवार बराहक्षेत्र नगरपालिका १० का २५ वर्षीय रामकुमार खड्कालाई लाइफ लाइन अस्पताल लगिएकोमा यादवको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका २ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।