समाज

कचनकवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

By admin

December 25, 2021

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका २ स्थित सडकमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् ।

 

शनिबार दिउँसो साढे बाह्र बजे मे ४ प ९५०० नम्बरको मोटरसाइकल डब्लुबी ७४ पी ९७१७ नम्बरको भारतीय मोटरसाइकलसँग आपसमा ठोक्किँदा कचनकवल ४ का ४० बर्षीय शेषलाल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी मे ४ प ९५०० नम्बरको मोटरसाइकलको पछाडि सवार थिए ।

 

दुर्घटनाबाट सोही स्थानका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी र शेषलाल घाइते भइ ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल प्रहरी चौकी पथरीयाको नियन्त्रणमा रहेको छ ।