खेलकुद

पाँचथरमा बिर्तामोड एफसीलाई उपाधि

By admin

December 31, 2021

पाँचथर । रानिटारमा आयोजित प्रथम तमु ल्होसार एक नम्बर प्रदेशस्तरीय महिला गोल्डकपको उपाधि झापाको बिर्तामोड फुटबल क्लबले जितेको छ ।

 

बुधबार बराजु रङशालामा भएको फाइनल खेलमा धनकुटाको द सेभेन युथ क्लब लाई १-० गोलले हराउदै झापाले उपाधि जितेको हो । झापाको जितमा कुसुम खतिवडाले गरेको गोल नै निर्णायक बनेको हो । खेलको ३६औँ मिनेटमा फ्रिकिकबाट आएको बललाई वान टच प्रहारबाट कुसुमले गोल गरेकी हुन् ।

 

अन्डर १९ महिला राष्ट्रिय खेलाडीहरुको साथ पाएको बिर्तामोड फुटबल क्लबले खेल सुरू भएदेखि नै दबाब दिएको थियो ।प्रतियोगिताका विजेताले ५० हजार र उपबिजेताले ३० हजार प्राप्त गरेका छन् ।