समाज

दमकमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

By admin

December 31, 2021

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

बिहीबार दिउँसो १ बजे दमक ९ बाट भारत विहार राज्य किशनगंज जिल्ला नबाबगंज ५ लोहारपट्टी रोड घर भई हाल दमक ४ मा डेरा गरी बस्ने ३४ वर्षीय मोहमद इस्ताकलाई शंका लागेर चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको थियो ।

 

उनले लगाएको निलो रंगको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउनसुगर प्रहरीले फेला पारेको थियो । ब्राउन सुगरसहित नगद २५ सय र एक थान मोवाईल फेला पारी ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका भारतीय नागरिकमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।