खेलकुद

‘ए’ डिभिजन लिग: सातौं चरणका खेल आजदेखि

By admin

December 31, 2021

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७८ को सातौं चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछन् । त्यस अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् ।

 

पहिलो खेल दुई विभागीय टिम एपीएफ र आर्मीबीच रहेको छ । एपीएफ ६ खेलबाट ५ अंक जोडेर ११ औं स्थानमा छ । उपाधि होडमा रहेको आर्मीको भने ६ खेलमा १० अंक रहेको छ र चौथो स्थानमा छ ।

 

दोस्रो खेलमा फ्रेन्ड्स र एनआरटी भिड्ने छन् । फ्रेन्ड्स ६ खेलबाट ३ अंकमै सीमित रहेर अंक तालिकाको पुछारमा छ । एनआरटीको भने ६ खेलबाट ७ अंक छ र आठौं स्थानमा छ ।