खेलकुद

संकटा र च्यासलको बराबरी

By admin

January 01, 2022

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले च्यासल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।

 

शनिबार भएको खेलमा संकटाले च्यासलसँग गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर गुमाएका थिए । जसको कारण खेल गोलविहीन सकिएको हो ।

 

यस बराबरीसँगै संकटाले ७ खेलमा १३ अंक जोडेको छ । संकटा तेस्रो स्थानमा यथावत रहेको छ । च्यासल ५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।