काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाएका छन् ।
नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ मा मरिससविरुद्व दुई मैत्रीपूर्ण खेल खेल्दै छ । फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बोलाएको टोली सदस्यमा झापाका देवेन्द्र तामाङ पनि अटाएका छन् । उनी प्रशिक्षक अलमुताइरीको टोलीमा पहिलोपल्ट परेका हुन् ।
यसअघि राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र थ्री नेसन कपपछि घाइते भएर बाहिरिएका थिए । त्यसैबेला प्रशिक्षक अलमुइतारी नेपालका लागि मुख्य प्रशिक्षक भएर आएका थिए । त्यस यता देवेन्द्र राष्ट्रिय टोलीमा परेका थिएनन् । तर, ए डिभिजन लिगमा मच्छिन्द्रका लागि खेलिरहेका देवेन्द्र यसपटक प्रशिक्षक अलमुइतारीको नजरमा परेका हुन् ।
प्रारम्भिक टोलीमा देवेन्द्रसहित विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टिकेन्द्र थापा आशिष लामा, आयुस घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, बिमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ रहेका छन् ।
यसैगरी, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ टोलीमा छन् ।