स्वास्थ्य

अर्जुनधारामा स्वस्थ समाज निर्माण गर्न आरोग्य समूह

By admin

January 06, 2022

अर्जुनधारा । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मुख्य नारासहित शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा बिहीबार नागरिक आरोग्य कार्यक्रम सम्पन्न भएको छ ।

 

अर्जुनधारा ७ स्थित वडा समितिको कार्यालय सभाहलमा समितिका अध्यक्ष नवराम ढुंगानाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा अनिलकुमार यादव, शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख अनिल ठाकुर र दूधे आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोखरेलले स्वास्थ्य जीवनशैली, आयुर्वेद र योग, स्थानीयस्तरमा पाइने जडिबुटीहरुको विषयमा सहजीकरण गरेका थिए ।

 

३० जनाको सहभागिता रहेको कार्यक्रममा अर्जुनधारा ७ वडा समितिका अध्यक्ष ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय वडा आरोग्य समूह गठन भएको औषधालय प्रमुख ठाकुरले जानकारी दिए ।

 

नवगठित समूहका सदस्यहरुमा उमादेवी खनाल, कृष्णप्रसाद भट्टराई, चन्दा ढुङगेल, तुलसा पौड्याल, दीपकसेन भट्टराई, देवी न्यौपाने, बालिका पोखरेल, बिमला तामाङ, राजेन्द्र काफ्ले र वेनुका दाहाल रहेका छन् ।

 

समूहले वडामा स्वस्थ समाज निर्माण गर्न अभियान सञ्चालन गर्ने औषधालय प्रमुख ठाकुरले बताए ।