अर्थ बजार

बिर्तामोडमा बजार अनुगमन तीव्र, ३ लाख राजश्व संकलन

By admin

January 06, 2022

बिर्तामोड । बिर्तामोड नगरपालिकाको राजश्व शाखाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

 

पुस ९ बाट शुरु गरिएको अनुगमनमा नयाँ दर्ता नवीकरण तथा दर्ता खारेजीलगायतका कार्यक्रम संचालन गरिएको शाखा प्रमुख पदमराज घिमिरेले बताए ।

 

बिर्तामोडको वडा नम्बर १, २ र ३ मा घुम्ती टोलीले ६ सय ६६ वटा ब्यवसाय अनुगमन गरेको छ । जसमध्ये २ सय २० वटा ब्यवसाय बिनादर्ता संचालन भएको पाइएको छ भने २३ वटा ब्यवसाय अनुगमनकै क्रममा दर्ता गरिएको प्रमुख घिमिरेले जानकारी दिए।

 

यसैबीच, नगर प्रहरी शाखाका कर्मचारीको टोलीले ३ लाख रुपैयाँ राजश्व संकलन समेत गरेको बताइएको छ ।