तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिकामा करेन्ट लागेर एक जना प्रधानाध्यापकको मृत्यु भएको छ ।
फेदाप १ का ५२ वर्षीय अम्बरबहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार घाँस काट्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो ।
हिजो मध्याह्न छिमेकी नन्दबहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिँदा निजलाई कटेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको थियो ।
मृतक स्थानीय महाकाली माबिको प्रधानाध्यापक रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैइहेको बताइएको छ ।