अर्थ बजार

धनकुटामा यसवर्ष सुन्तलाको उत्पादन बढ्यो

By admin

January 13, 2022

धनकुटा । धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिकटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिनुभयो ।

 

फूल फूल्ने र दाना लाग्ने समय अनुकूल भएकाले सुन्तला उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । खोकु, छिन्ताङ्ग, आँखीसल्ला, धनकुटा नगरपालिका र मौनाबुधुकलगायत स्थानमा व्यावसायिक रुपमा सुन्तला खेती हुने गरेको छ ।

 

अघिल्लो वर्ष धनकुटामा ८ सय ७५ हेक्टरमा भएको खेतीबाट १ हजार २ सय २८ मेट्रिकटन सुन्तला उत्पादन भएको हो । सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटाका कतिपय स्थानमा भने सुन्तला मासिँदै जान थालेको छ ।

 

केही किसान भने सुन्तलाको विकल्प खौज्दै अन्य फलफूलसमेत लगाउन थालेका छन् ।