समाज

ताप्लेजुङको मैवाखोलामा गाडी पल्टिँदा चार घाइते

By admin

January 18, 2022

झापा । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ तेम्बेमा दोभान ताप्लेजुङ सडक खण्डमा आज बिहानको राति भएको सवारी दुर्घटनामा चार जना घाईते भएका छन् ।

 

सदरमुकामबाट साँघुतर्फ जाँदै गरेको मे १ ज ३२६५ नम्बरको म्याक्स गाडी बिहान करिब पौने २ बजे सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो । गाडीमा चालकसहित ११ जना सवार थिए ।

 

उनीहरुमध्ये ताप्लेजुङ मैवाखोला गापा ३ साँघुपाटीका १६ वर्षीय नबराज लिम्बू, १९ वर्षीय सन्तोष पतङ्वा, १५ वर्षीय बिजय टुडु र फक्ताङलुङ गापा २ खेजेनिमका २४ वर्षीय पुर्ण काम्बाङ घाइते भएका छन् । उनीहरुको स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।