समाज

अर्जुनधारामा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

By admin

January 19, 2022

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

 

प्र-१-०२-००३ त २१०९ नम्बरको ट्रयाक्टरमा सवार अर्जुनधारा १ बस्ने १४ वर्षीय पुनित दासको ट्रयाक्टरबाट खस्दा पछाडिको ट्रलीको दाहिने पट्टिको टायरले छातीमा किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

 

बुधबार दिउँसो अन्दाजी १२ बजे अर्जुनधारा नगरपालिका ५ ओम चोकको भित्री सडकमा चारपानेबाट शनिश्चरेतर्फ जाँदै गरेको ट्रयाक्टरबाट दास खसेका थिए । उनी ट्रयाक्टरका सहचालक भएको बताइएको छ ।

 

ट्रयाक्टरका चालक अर्जुनधारा १ बस्ने २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।