समाज

पृथ्वीनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

By admin

January 20, 2022

झापा । भद्रपुर १ स्थित पृथ्वीनगरको हिमाली चोकबाट बिहीबार ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पृथ्वीनगरका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको टोलीले भद्रपुर १ हिमाली बस्ने १६ वर्षीय सञ्जीव केदेम लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उनलाई ब्राउनसुगर ५ मिलिग्राम, लागुऔषध प्रोमोथाईजन ४५ एम्पुल, लुपिजेसिक ४५ एम्पुल र डाईजिपाम ४५ एम्पुल बरामद गरेको छ ।

 

ब्राउनसुगर र लागुऔषधसहित पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि सीमा प्रहरी चौकी सोमबारे बुझाइसकिएको प्रहरीले जनाएको छ ।