खेलकुद

आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुआत

By admin

January 20, 2022

पोखरा । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो ।

 

सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित बनेको छ। एपीएफका लागि आभाष लामिछाने र प्रदिप लामाले एक–एक गोल गरे ।

 

आभाषले पहिलो हाफमा एपीएफलाई अग्रता दिलाएका थिए । आभाषले खेलको १४औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । प्रदिपले भने ६०औँ मिनेटमा एपीएफको अग्रता दोब्बर बनाए ।

 

एपीएफले अब माघ ८ गते अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।