बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बसपार्कमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
पश्चिम बसपार्कको चौतारी लजसँगै रहेको एक किराना पसलभित्र उक्त वस्तु रहेको नेपाली सेनाले जनाएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । यसबारेमा प्रहरीले केही बताउन चाहेको छैन ।