समाज

बिर्तामोड भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाद्वारा डिस्पोज

By admin

January 23, 2022

बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बसपार्क क्षेत्रमा आइतबार बिहान फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ ।

 

चारआलीस्थित श्री नयाँ श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले उक्त वस्तु ९ः१५ मा डिस्पोज गरेको नेपाली सेनाले जनाएको छ ।

 

पश्चिम बसपार्कस्थित चौतारी लजसँगै रहेको किराना दोकानअगाडि पसलेले बम जस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । विस्फोटक पदार्थ, व्यारिङ लगायत वस्तु राखिएको सो वस्तु नेपाली सेनाका क्याप्टेन घनश्याम थापाको टोलीले नजिकैको खाली जमिनमा डिस्पोज गरेको श्री नयाँ श्रीनाथ गणका गणपति अमरजंग थापाले बताए ।

 

पूर्वपश्चिम राजमार्ग नजिकै विस्फोटक पदार्थ फेला परेपछि सो क्षेत्र केहिबेर भिडभाड भएको थियो ।