समाज

इलाममा हिमपात नरोकिँदा जनजीवन कष्टकर

By admin

January 25, 2022

इलाम । इलाम जिल्लाको उत्तरी क्षेत्रमा बिहीबारदेखि भइरहेको हिमपात नरोकिएपछि अत्याधिक जाडो बढेको छ ।

 

जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको जौबारी, मेघ्मा, तुम्लिङ्, सन्दकपुलगायतका क्षेत्र हिउँले सेताम्य बनेको छ । सो क्षेत्रमा भएका गोठमा रहेका वस्तुभाउ चरनमा जान पाएका छैनन् ।

 

उच्च पहाडी क्षेत्रमा आलु रोप्ने क्रम सकिएकाले हिउँले कृषि बालीलाई भने खासै असर पुर्‍याएको छैन । लगातारको हिमपातले सडक अवरुद्ध भएकाले आवतजावतमा समस्या भएको छ ।

 

यता, हिउँ परेका क्षेत्र इलामका प्रमुख पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रमा हिउँ खेल्न आन्तरिक पर्यटकहरुको भिड समेत लागेको छ । इमेज खबरबाट