स्वास्थ्य

नेपालमा थप ८ हजार १७ संक्रमित, १५ जनाको मृत्यु

By admin

January 27, 2022

काठमाडौँ । नेपालमा ८ हजार १७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएको बिहीबार जानकारी दिएको हो ।

 

१५ हजार ७३६ पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ मा संक्रमण पुष्टि भएको र ६ हजार ७२ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २०१ मा पोजिटिभ देखिएको छ । २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ३७ हजार ४ जना निको भएका छन् ।

 

२४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । यसअघि शनिबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको थियो ।

 

२४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ९० हजार ५ सय ७६ पुगेको छ ।