काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससविरुद्ध पहिलोपल्ट जीत निकालेको छ । यो जीतसँगै एक दशकपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले १-० गोलको जीत निकालेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालका लागि खेलको ५५औं मिनेटमा विमल घर्तिमगरले गोल गर्दै जीत दिलाएका हुन् । अन्जन विष्टको पासमा विमलले गोल गरे । उनी २ वर्षपछि नेपाली राष्ट्रिय टोलीमा फर्किका हुन् ।
एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरे । नेपालको लागि यो उनको नवौं गोल हो । नेपालको यो जीत एक दशकपछिको फिफा अन्तर्राष्ट्रिय मान्यता प्राप्त जीत हो ।
निर्णायक गोल गरेका विमल खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ७५ हजार प्राप्त गरेका छन् ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।