समाज

पाँच दिनदेखि हराइरहेकी फिदिमकी वृद्धा मृत फेला

By admin

January 30, 2022

फिदिम । पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका १ की एक वृद्धा मृत फेला परेकी छन् ।

 

फिदिम नगरपालिका १ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ मृत फेला परेकी हुन् । उनको शव फिदिम नगरपालिका २ तालखर्कको ठाडे खोल्सीमा फेला परेको हो । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् ।

 

खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव उनका परिवारले फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।