समाज

झापामा हात्तीले कुल्चेर वृद्धको मृत्यु

By admin

January 31, 2022

बिर्तामोड । झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएको छ । मेचीनगर १३ स्थित चारआली बस्ने ७१ वर्षीय खम्बासिंह कार्कीको हात्तीको आक्रमणबाट सोमबार बिहान मृत्यु भएको हो ।

 

बिहान ३ बजे घर नजिकै आएको हात्तीलाई धपाउने क्रममा हात्तीले आक्रमण गर्दा घाइते कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

हात्तीले कुल्चिँदा कार्कीको शरीरको भित्री भागमा गम्भीर चोट लाग्नुका साथै बायाँ खुट्टासमेत भाँचिएको थियो ।