काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज (मंगलबार) मोरिसविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । त्यसका लागि यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीले भने खेल गुमाउने भएका छन् ।
यी दुईको स्थानमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दर्शन गुरुङ र मनिष डाँगीलाई टिममा समावेश गरेका छन् । मनिषले शनिबार भएको पहिलो खेल खेलेका थिए । अलमुताइरीले मोरिससविरुद्धको दोस्रो खेलका लागि २३ सदस्यीय टोलीमा दुई परिवर्तन गरेका हुन् ।
यसअघि पहिलो खेलका लागि उनले फरक टिम घोषणा गरेका थिए । जसमा दर्शन गुरुङको सट्टा प्रशान्त अवस्थीलाई टिममा समावेश गरिएको थियो । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
प्रशान्त यसअघि घोषित टोलीमा भने दोस्रो खेलका लागि मात्र टिममा थिए । यस्तै अनन्त पनि दोस्रो खेलका लागि मात्र टिममा थिए । तर, दुवै खेलाडीले अब दोस्रो खेल गुमाउने भएका छन् ।
किरण चेम्जोङको कप्तानीमा नेपाली टोली : किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ ।