खेलकुद

पहिलो हाफमा सुजलको गोलमा नेपाललाई अग्रता

By admin

February 01, 2022

काठमाडौँ । दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुरुआतमै अग्रता लिएको छ। अफ्रिकी मुलुक मोरिसविरुद्ध नेपालले १०औं मिनेटमा अग्रता लिएको हो । पहिलो हाफमा नेपाललाई १-० गाेलकाे अग्रता मिलेको हो ।

नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दैं टिमलाई अग्रता दिलाए । उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए।

यस्तै खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए । नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।

दुई मैत्रीपूर्ण खेलका लागि मोरिस नेपाल आएको हो । गत शनिबार भएको पहिलो खेलमा नेपाल १-० ले विजयी भएको थियो।