समाज

बुट्टाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

By admin

February 02, 2022

बिर्तामोड । बिर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

बिहान १०ः१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा प्रदेश ०३-००-१ ख २१४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ८ का २७ वर्षीय बमबहादुर लेप्चा घाइते भएका थिए । उनलाई उपचारको बिएण्डसी अस्पताल ल्याइएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

 

दुर्घटनापछि ट्रक र ट्रक चालक मकवानपुर भिमफेदी २ का २९ वर्षीय सन्तोष निजार प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।