अर्थ बजार

ह्वात्तै घट्यो अदुवाको मूल्य, किसान मर्कामा

By admin

February 02, 2022

धनकुटा । जिल्लाका किसानले उत्पादित अदुवाको मूल्य नपाएपछि मर्कामा परेका छन् । अघिल्लो वर्ष राम्रो मूल्य पाएर अदुवा खेती विस्तार गरेका किसानले यसवर्ष भने मूल्य नपाउँदा निराश बनेका छन् ।

 

अहिल्लो वर्ष कोरोना भाइसरको औषधि हुने भन्दै आन्तरिक बजारमै प्रतिकिलो एक सय २० रुपैयाँभन्दा बढीमा अदुवा बिक्री भएको थियो । तर, यसवर्ष भने प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्नुपरेको किसानको गुनासो छ ।

 

मूल्यमा गिरावट भएसँगै धेरै किसानले बारीबाट अदुवा खनेकै छैनन् । निकासीका लागि ठिक्क पारिएको अदुवा पनि संकलन केन्द्रमै थुुप्रिएको छ । एक किलो अदुवाको उत्पादन लागत करिब ३५ देखि ४० रुपैयाँ पर्ने किसानको भनाइ छ ।