समाज

झापाबाट १५ ग्राम ब्राउन सुगरसहित दार्जीलिङका दुई युवा पक्राउ

By admin

February 05, 2022

झापा । भारत दार्जीलिङका दुई युवा प्रतिबन्धित ब्राउन सुगरसहित शनिबार झापामा पक्राउ परेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यायल झापाका अनुसार शनिबार दिउँसो ३ः१० बजे मेचीनगर १५ मा भारतको दार्जीलिङ पञ्चायत बतासे चुनिलाल बस्ने २५ वर्षीय मो. सुल्तान र २७ वर्षीय रञ्जित गणेश १५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

उनीहरुलाई ज्यामिरगढी प्रहरी चौकी र सशस्त्र प्रहरीको बार्डर आउट पोस्ट (बिओपी)को संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।

 

उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं डिएसपी वसन्त पाठकले जानकारी दिए । अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइने बताइएको छ ।