अर्थ बजार

धनकुटामा मकैको मूल बिउ तयार गरिँदै

By admin

February 08, 2022

धनकुटा । धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले मकैको मूल बिउ तयार पार्न थालेको छ । मकै खेती लगाउने सिजन सुरु हुँदै गएपछि केन्द्रले कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस गरेका मनकामना एक, तीन र चार तथा गणेश एक, अरुण एक र शीतला जातको सेतो र पहेँलो मकैको प्रजजन् र मूलबिउ तयार पार्न थालेको हो ।

 

केन्द्रले उच्च, मध्य र तल्लो पहाडी क्षेत्रमा व्यवसायिक खेतीका लागि उपयुक्त मकैका पाँच जातको प्रजनन् र मुुल बिउ उत्पादन गरेको छ । उत्पादित बीउ २३ सय मिटर उँचाइको पहाडमा पनि व्यावसायिक रुपमा खेती गर्न सकिने केन्द्रले जनाएको छ ।

 

अहिले पनि धेरै किसानले खानका लागि राखेको मकैलाई नै बिउको रुपमा प्रयोग गर्ने गरेका छन् । यसले उत्पादन र उत्पादकत्व घट्ने प्राविधिक बताउँछन् । केन्द्रले यस वर्ष मकैको १८ टन स्रोत बिउ बिक्री गर्न लागेको छ ।