समाज

केराबारीका मिकेनजी ब्राउन सुगरसहित पक्राउ

By admin

February 10, 2022

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ बाट लागुऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका ८ का ३५ वर्षीय मिकेनजी लिम्बु रहेका छन् ।

 

बुधबार बेलुका साढे ६ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

 

प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।