खेलकुद

अनन्त आईएसएल खेल्न इस्ट बंगालमा आबद्ध

By admin

February 11, 2022

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका सदस्य अनन्त तामाङ इस्ट बंगालसँग अनुबन्धित भएका छन् । उनी यस क्रममा इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन सक्नेछन् । डिफेन्डर अनन्तले कोलकाताको प्रसिद्ध फुटबल क्लबसँग यो सिजनको अन्त्यसम्मका लागि अनुबन्ध गरेका हुन् ।

 

यो सिजनको लिगमा चार खेल मात्र बाँकी रहेको छ । अनन्तले सहिद स्मारक लिग ुएु डिभिजन ०७८ मा थ्री स्टारबाट खेलिरहेका थिए । इस्ट बंगाल जानका लागि थ्री स्टारले आफूसँगको अनुबन्ध फुकुवा गर्दै अनन्तको भविष्यका लागि बाटो खुला गरिदिएको छ । उनी फ्रि ट्रान्सफरमा इस्ट बंगला गएका हुन् ।

 

इस्ट बंगाल आईएसएल अंक तालिकाको दसौं स्थानमा छ । सेट पिसका विशेषज्ञ रहेका अनन्त हेडबाट गोल गर्न पनि माहिर छन् । उनको यही विशेषताका कारण इस्ट बंगालले उनलाई अनुबन्ध गरेको छ ।

 

उनको आगमनपछि इस्ट बंगालको डिफेन्स अझ मजबुत हुने विश्वास गरिएको छ । इस्ट बंगालबाट यसअघि गणेश थापा र देवनारायण चौधरीले पनि खेलिसकेका छन् । इकान्तिपुरबाट