खेलकुद

पहिलो हाफमा मछिन्द्रलाई २-० को अग्रता

By admin

February 12, 2022

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले २-० गोलको अग्रता बनाएको छ ।

 

पहिलो हाफमा मछिन्द्रका विमल घर्तिमगर र सुनिल बलले एक-एक गोल गरे । विमलले हेडरमार्फत गोल गरेका हुन् भने सुनिलले वान भर्सेज वानमा गोल गरेर आफूलाई दक्ष खेलाडीमा सावित गरेका हुन् ।

 

मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आज च्यासललाई हराएर मछिन्द्र शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ । च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।