खेलकुद

पुलिसलाई हराउँदै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो

By admin

February 12, 2022

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ । सातदोबाटोले नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गरेकाे हाे ।

 

लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबर र तीन हारको नतिजा निकालेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिवार सम्पन्न खेलमा सातदोबाटोका आकाश बुढामगरले निर्णायक गोल गरे । आकाशले १९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए ।

 

लिगमा १० अङ्क जोडेको पुलिस तालिकाको १०औँ स्थानमा छ । पुलिसले १० खेलमध्ये दुईमा जित चारमा बराबर र चारमा हारको नतिजा आत्मसाथ गरेको छ । आजै दशरथ रंगशालामा भएको खेलमा लिग लिडर मच्छिन्द्र क्लबले तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको थियो ।