समाज

इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

By admin

February 12, 2022

इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका ५ बरबोटे घरमा मृत्यु भएको हो ।

 

उनको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उनको आज नै माइ खोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिएको छ ।

 

उनका पाँच छोरा र दुई छोरी छन् । उनी बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।