खेलकुद

एनएसएलमा झापा एफसीकाे सहभागिता रहने

By admin

February 13, 2022

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने नयाँ तीन टिमको टुंगो लागेको छ । तीन टिममध्ये झापा र इलाम पनि छन् ।

 

आइतबार भएको अक्सनका आधारमा एनएसएलमा झापा फुटबल क्लब, विरगंज युनाईटेड फुटबल क्लब र स्पोर्टिङ इलाम डी मेची फुटबल क्लबले सहभागिता जनाउने टुंगो लागेको हो । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।

 

पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस्तै, दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ ।

 

अब प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।